काठमाडौं। कानुन व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएर निलम्बन गर्ने निर्णय भएकामा सो निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।सर्वाेच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज शर्माको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो।
कानुन व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोग दायर गरेको खण्डमा ती कानुन व्यवसायीको प्रमाणपत्र स्वतः निलम्बन हुने कानुनी प्रावधान छ।
भ्रष्टाचार अभियोग लागेका आठ जना अधिवक्तालाई नेपाल कानुन व्यवसायी परिषद्ले कात्तिक ६ गते वकालत गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको थियो।
त्यसमध्येका अधिवक्ता प्रेमसिंह धामी परिषद्को निर्णयविरुद्ध उत्प्रेषणको रिट लिएर कात्तिक १५ गते सर्वोच्च जानुभएको थियो। यसअघि कात्तिक १७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले उक्त रिटमाथि कारण देखाऊ आदेश जारी गरेको थियो।
निलम्बनमा पर्ने अधिवक्ताहरूमा सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद खनाल हुनुहुन्छ।
अधिवक्ता धामीविरुद्ध अख्तियारले समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा फन पार्कलाई भाडामा लगाउँदा अनियमितता गरेको अभियोग लगाएको थियो।
त्यस्तै अन्यलाई भने परीक्षाका उत्तरपुस्तिकाको प्राप्तांक फेरबदल, सामुदायिक वनको जग्गा व्यक्ति विशेष कम्पनीको नाममा कायम गरी–गराई भ्रष्टाचार गरेकोलगायत अभियोग लगाइएको थियो। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ कार्तिक २०७६, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा