काठमाडौं–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वीकय सचिव प्रेम कुँवर पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकले पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको गौरीगंगा–१० टीकाराम चौधरीको गोरुगाडालाई उनको मोटरसाइकलले ठक्कर दिएको थियो भने गाडा पल्टिँदा चार जना घाइते भएका छन्।
उनीरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। तर कुँवरलाई भने कुनै चोपपटक नलागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ