चितवन । नेपाल कम्युनिष्ट पार्टि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले वन्यजन्तु संरक्षणमा गरेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको बताएका छन । चितवनको सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ को उद्घाटन गर्दै प्रचण्डले विश्वकै लागी उदाहरणीय कार्य गरेको बताएका हुन ।
प्रचण्डले संरक्षणको क्षेत्रमा नेपालमा अझ धेरै चुनौती रहेको उल्लेख गरेका छन । उनले बन्यजन्तु संरक्षणमा सरकार छिटै नयाँ रणनितिसहित अगाडी बढ्ने बताए । प्रचण्डले वन, वन्यजन्तु र वातावरण संरक्षणमा नेपालले विश्वलाइ उदाहरण पेस गरेको भन्दै यसमा रेन्जरहरुको भुमिका महत्वपुर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले नेपालले शुन्य चोरी शिकारी बर्ष मनाएर संरक्षणमा महत्वपुर्ण योगदान पु¥याएको उल्लेख गरे ।
अन्तर्रा्ष्ट्रिय रेन्जर महासङ्घ र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा नवौं अन्तर्रा्ष्ट्रिय रेन्जर सम्मेलन नेपालमै पहिलोपटक सौराहामा शुरु भएको छ । यस अघि आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन तीन वर्षमा हुँदै आएको छ । सम्मेलन ३० कात्तिकसम्म चल्नेछ ।
सम्मेलनमा नेपालसहित ७२ देशका ५ सय भन्दा बढी जना प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये अष्टे«लियाबाट १०० जना र अमेरिकाबाट ६० जना प्रतिनिधि सहभागि भएको सम्मेलन आयोजक समितिका संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सह–सचिव महेश्वर ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा प्रचण्डको मर्निङ वाक
देउवासँग प्रचण्डको फोन र जर्नादनको भेट : संयोग कि रणनीति ?
०८४ को चुनावअघि वामपन्थी एकता हुँदैन: प्रचण्ड
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड