यस्तो हो नेपालको खास नक्सा, सरकारले लुकाएर राखेको खुलासा

पत्रपत्रिकाबाट

मंगलबार, २६ कार्तिक २०७६, ०८ : ०३
यस्तो हो नेपालको खास नक्सा, सरकारले लुकाएर राखेको खुलासा

काठमाडौं ।  संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ?

नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ।

नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ छन्। कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।

काली नदीको मुहान् लिम्पियाधुरा हो। त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ। काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ। पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ। पार्वती कुण्डमा कालीको पानी मिसिन्छ। त्यहीं काली मन्दिर पनि छ। काली नदीलाई स्थानीयमा कुटी याङ्दी भनिन्छ। त्यहाँ सौका समुदायको बसोबास छ। अन्नपूर्ण पोस्टमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस