डा. केसीले नमानेपछि डडेल्धुराबाट हेलिकोप्टर रित्तै फर्कियो

सोमबार, २५ कार्तिक २०७६, १७ : ४२
डा. केसीले नमानेपछि डडेल्धुराबाट  हेलिकोप्टर रित्तै फर्कियो

चिकित्सा शिक्षा सुधारको माग लिएर डडेल्धुरामा आमरण अनसनरत डा गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ । 

डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो ।

अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।  तर, सहमति विपरीत डा केसीलाई लैजान नदिने भन्दै स्थानीयले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरिरहेका छन् ।

डा केसीलाई मनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले प्रयास गरेका थिए । तर, डा केसीले उनलाई समेत भेट्न मानेनन् । चारैतिरको अवरोध र डा केसीले पनि नजाने अडान राखेपछि हेलोकोप्टर रित्तै फिर्किएको जिल्ला प्रशासन कार्यालयका डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस