नेकपा सचिवालयको वैठक आज बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

मन्त्री हेरफेर देखि भारतले मिचेको सिमा सम्वन्धमा समेत छलफल हुने, मन्त्री फेर्ने विषयमा सचिवालयले प्रधानमन्त्रीलाई सैदान्तिक सहमति दिने सम्भावना

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, ०८ : ०१
नेकपा सचिवालयको वैठक आज बस्दै, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको वैठक आज बस्दैछ । प्रधानमन्त्रीले ग्रान्डी अस्पतालमा डायलाइसिस गरेपछि नेकपाको यो दोश्रो पटक सचिवालय वैठक बस्न लागेको हो ।

अहिले विहान ९ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्न लागेको वैठकमा मन्त्रीपरिषद् पूर्नगठन देखि भारतले कालापानी क्षेत्रमा मिचेको नेपाली भूमि सम्वन्धमा समेत छलफल हुने स्रोतले वताएको छ ।

सचिवालय वैठक बस्नु अगाडी हिजो आइतबार दुई अध्यक्षले यस विषयमा छलफल गरेका थिए । छलफलमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

सचिवालय वैठकले संगठनात्मक एकताका बाँकी रहेका कामका विषयमा पनि केही निर्णय लिन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओली सरकारका मन्त्रीहरुको कामबाट सन्तुष्ट नदेखिएपछि नयाा शिराबाट काम गर्न मन्त्री फेर्ने तयारीमा छन् । त्यसका लागि उनले सबै मन्त्रीहरुलाई सामुहिक राजीनामा गर्न लगाई नयाा शिराबाट मन्त्री बनाउने या अहिलेका मन्त्रीवाट केही मन्त्री मात्र राखेर अरुलाई हटाई नयाँ मन्त्री नियुक्त गर्ने भन्ने बारेमा दुई अध्यक्षका वीचमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सचिवालयका मुख्य सल्लाहकार विष्णु रिमाल सहित  सबै सदस्यहरुको १ मंसिरवाट लागु हुने गरी राजीनामा मागिसकेका छन् । आफ्नै सचिवालयबाटै रिफर्ममा लागेका प्रधानमन्त्री ओलीले सचिवालयको हेरफेरले मन्त्री हेरफेरको सहज वातावरण बनाउने अपेक्षा गरेका छन् ।

त्यही आधारमा पनि उनले मन्त्रीमण्डल पूर्नगठनको संकेत गरेका हुन् ।

आजको सचिवालय वैठकमा यस विषयमा प्रधानमन्त्रीले आफनो सोच बताउने र त्यसपछि सामुहिक राजीनामा माग्ने वा केही मन्त्री बाहेक  सबैलाई हटाउने भन्ने विभिन्न विकल्पका विषयमा सचिवालयका सदस्यहरुको राय लिने तयारीमा प्रधानमन्त्री ओली देखिएका छन् ।

 सचिवालय सदस्यले दिने रायका आधारमा प्रधानमन्त्रीले आफनो स्टेप अगाडी चाल्ने सम्भावना बढेर गएको स्रोत बताउँछ । ओलीले आफु प्रधानमन्त्री भएयता अहिलेसम्म मन्त्रिमण्डल पूर्नगठन गरेका छैनन । उनी प्रधानमन्त्री भएकै २१ महिना पुगेको छ ।

सचिवालयले यस विषयमा प्रधानमन्त्रीलाई अनुमति दिएमा मात्र फेरिने मन्त्रीहरुका बारेमा र नयाँ बन्ने मन्त्रीहरुको नामका बारेमा छलफल हुने स्रोत बताउाछ । तर अहिले सैदान्तिक छलफल सचिवालयमा हुन लागेको हो ।

मन्त्रीहरुको निदहराम !
प्रधानमन्त्री ओलीले आफ्ना अति विश्वासपात्र मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहित सबैको सामुहिक राजीनामा मागेपछि मन्त्रीमण्डल पनि अव प्रधानमन्त्रीले फेर्न खोजेका छन भन्ने सन्देश प्रष्ट भएको थियो ।

त्यसपछि नै मन्त्रीहरुलाई अव फालिने र फेरिने मन्त्रीमा आफु पर्ने हो की भन्ने त्रास बढेको छ ।

  शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयका सबैको सामुहिक राजीनामा मागे यता नै मन्त्रीहरुमा त्रास बढेको हो । एक मन्त्रीले भने,– सायद अब प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेरको तयारी बानाएका छन, झिटीगुम्टा तयार पारेर निस्कनका लागि तयार भएर बसे भयो जस्तो भएको छ ।

उनले प्रधानमन्त्रीले सबै मन्त्रीहरुको राजीनामा मागन सक्ने सम्भावना अधिक रहेको  बताए ।

प्रधानमन्त्री ओलीले भने मन्त्रीहरुसाग गरेको कार्यसम्पादन सम्झौता समेत प्रभावकारी नभएको, अहिलेका मन्त्रीहरुको स्पिरिट र आफनो स्पिरिटको तादम्यता मिल्न नसकेको र सरकारमा रहेर पनि सत्ता साक्षेदार दल समाजवादी पार्टीको कार्यशैली चित्त नवुझेका कारण प्रधानमन्त्री ओली नयाँढंगले अगाडी वढन खोजेको देखिदैछ ।

त्यही भएर पनि उनी समाजवादी पार्टी सरकारमा रहने वा नरहने भन्ने विषयमा पनि प्रष्ट हुन चाहिरहेका छन् । त्यसका लागि उनले समाजवादीको चार दिन पछि   बस्ने केन्द्रीय समितिको वैठक भने कुर्ने योजनामा छन् ।

त्यसलगतै मंसिर १, २ तिरै प्रधानमन्त्री ओलीले क्याविनेट रिफर्म गर्ने योजना बनाएका छन् ।

आजको सचिवालय वैठकमा यस विषयमा सैदान्तिक सहमति लिने योजनामा प्रधानमन्त्री देखिएका छन् । सचिवालय वैठक पछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड राजधानीमा पार्टीले आयोजना गर्ने सिमा सम्वन्धी एक कार्यक्रममा सहभागी भई चितवन जाने र चितवनको एक कार्यक्रममा मंगलवार सहभागी हुने भएपछि अध्यक्षद्दयको ब्यस्ततालाई पनि मध्यनजर गरेर ओलीले केही दिनभित्रै पूर्नगठनको तयारी गर्ने सम्भावना बढेर गएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस