– प्रकाश सिग्देल
चितवन । पुल मानिसको यात्रा सहजताका लागि निर्माण गर्ने गरिन्छ । नदी तथा खोला पार गर्दा मानिसको ज्यु धनको नास नहोस यात्रा सहज बनोस भनि यात्रा सुरक्षित बनाउन पुलको महत्वपुर्ण भुमिका हुन्छ । तर कहिलेकाहीं पुलका केही कमि कमजोरीहरुलाई प्रयोग गर्दै जीवनदेखि विरक्तिएका मानिसहरुले गलत प्रयोग गर्दा पुल ज्यानमारा समेत बन्न पुग्ने गरेको छ । नारायणगढको नारायणी नदीको पुल आजभोलि यस्तै धेरै मानिसको आत्महत्या गर्ने केन्द्र बन्न थालेको छ । पुलको छोटो रेलिङ्गको बारको फाइदा उठाउँदै केही मानिसहरुले आफ्नो दहत्याग गर्ने माध्यम बनाएका छन् । चालु आर्थिक वर्षमा मात्रै यो पुलबाट हाम फाली ६ जनाले आत्महत्या गरेका छन् ।
लक्ष्मीपूजाका दिन नाराणगढस्थित नारायणी पुलबाट नदीमा अन्दाजी ३५ बर्षका पुरुष आफ्ना नावालक छोरासहित हाम फाले । कात्तिक १० गते करिव ४ः३० बजेको समयमा हाम फालेका ती पुरुषलाई तत्काल वडा प्रहरी कार्यालय नारायणगढले मृत अवस्थामा फेला पा¥यो । तर, नाबालक छोरा भने अझै बेपत्ता छन् ।
यो घटना सेलाउन नपाउँदै अर्को घटना दोहोरियो । कात्तिक २० गते ५५ बर्षका एक पुरुषले नारायणी पुलबाट हाम फाले । उनलाई तत्काल प्रहरीले उद्धार त ग¥यो । तर, भरतपुर अस्पतालमा उपचारका क्रममा एक दिनपछि उनको मृत्यु भयो । डेढ महिना अगाडि भरतपुर महानगरपालिका वडा नम्बर ११ जागृतचोकका उदार पौडेल त्यही पुलबाट हाम फाली बेपत्ता भए । २५ बर्षका पौडेल प्रेमिकासँग भनाभन भएपछि असोज १ गते नारायणी नदीमा हाम फालेका थिए । जेठ ३१ गते राप्ती नगरपालिका ७ की २० बर्षीय कविता बसेल र असार पाँच गते पार्वतीपुरकी २२ वर्षीय विमला कुमालले नारायणी पुलबाट हाम फालिन ।
यसरी नारायणी नदीको पुलबाट हामफालेर आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । कात्तिक महिनासम्मको तथ्याङक हेर्दा अहिलेसम्म जनाले हामफालेका छन् । त्यसमध्ये ६ जनाले पुलबाट हामफालेका छन् भने, ६ जना विभिन्न कारणले डुबेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । त्यसमध्ये नदीबाट हाम फल्नेमा पुरुष ४ र महिला २ जना छन् । यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी वेपत्ता भएका थिए ।
आर्थिक बर्ष ०७३÷०७४ मा ५ जनाले हामफाली आत्महत्या गरेका थिए भने २०७४र०७५मा तीन जनाले हाम फालेका थिए । यो वर्षको अहिले सम्म ६ जनाले हामफालेर आत्महत्या गरिसकेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
नारायणी नदीको पुलबाट हामफाली आत्महत्या गर्नेको संख्या बढेको भन्दै सर्वसाधारणहरुले पुलको छेउबाट फलामको रड राखेर जाली लगाउनु पर्ने आवाज उठाएका छन् ।
तत्कालै त्यस्तो सम्भव नभए दुबै तर्फका स्थानिय सरकार भरतपुर महानगर र गैंडाकोट नगरपालिकाले पुलमा पुलिस परिचालन गर्नु पर्ने गैंडाकोटका अमृत अधिकारीले बताउनुभयो ।
पुलकै नजिक रहेको कन्टिनेन्टल माध्यामिक विद्यालयका अध्यक्ष तथा प्राध्यापक गिरिराज उपाध्यायले पुलबाट हामफालेर आत्महत्या गर्ने क्रम बढेकाले पुलको दुबै छेउमा जाली लगाउन सुझाव दिनुभयो । पुलमुनि त्यर्सो अथवा पुलमाथि ठाडो जसरी सहज हुन्छ त्यसरीनै त्यसमा बार लगाउन सके सुरक्षित हुने उपाध्यायको भनाइ छ ।
मान्छेको ज्युधनको कुरा भएकाले यस्तो गम्भीर विषयमा सुरक्षा निकायदेखि स्थानीय सरकार सडक डिभिजन सबैले विशेष ध्यान दिनु आवश्कय रहेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शनिबार, २३ कार्तिक २०७६, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास