भारतीय नक्सा विवाद : आज सर्वपक्षीय बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २३ कार्तिक २०७६, ११ : ५४
भारतीय नक्सा विवाद : आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । भारतले सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलएका छन् ।

स्रोतका अनुसार आज (शनिबार) दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस