भारतीय दूतावास अगाडि भारतको नक्सा जलाइयो

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, १२ : १५
भारतीय दूतावास अगाडि भारतको नक्सा जलाइयो

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस