अब कारागार परिसरभित्रै यौन सम्पर्क राख्न पाइने सुविधा

पत्रपत्रिकाबाट

शुक्रबार, २२ कार्तिक २०७६, ०८ : ०९
अब कारागार परिसरभित्रै यौन सम्पर्क राख्न पाइने सुविधा

काठमाडौँ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तास सुखबाट वञ्चित हुनुपर्ने छैन । 

बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । 

कारागार परिसरभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउने समाचार कान्तिपुर दैनिकमा छापिएको छ । 

त्यतिमात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा लिन पाउनेछन् । सुत्केरी हुँदा उनीहरुलाई २ महिनासम्म परिवारसँग बस्न दिइनेछ । सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ । 

आउँदो हिउँदे अधिवेशनमा यो विधेयक पेश हुने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस