आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग

पत्रपत्रिकाबाट

शुक्रबार, २२ कार्तिक २०७६, ०६ : ५२
आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग

रौतहट  । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा बिहीबार बहस गर्दै सरकारी वकिलहरूले यस्तो माग गरेका हुन् ।

मिसिल संलग्न प्रमाण कागजातले आलमकै प्रत्यक्ष निर्देशन र संलग्नतामा विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान जस्तो जघन्य कसुर अपराध भएको आरोप लगाउँदै सरकारी वकिलहरूले मुद्दाको पुर्पक्षको सिलसिलामा आलमलाई थुनामा राख्न माग गरेका हुन् । मङ्गलबार सुरु भएको आलमको बयान बिहीबार दिउँसो सम्पन्न भएपछि इजलासमा थुनछेक बहस सुरु भएको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस