काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जनबढी विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो । दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताउनु भयो ।
सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय शिक्षा दिवस : यी हुन् राष्ट्रिय स्तरमा पुरस्कृत हुने विद्यालयहरु
'सकारात्मक परिवर्तनका लागि शिक्षा’
शिक्षा मन्त्रालयको बजेट १२ अर्ब कम हुने
चार जिपिए ल्याउनेलाई गाउँपालिकाको ५० हजार नगद
शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड