नेपाली जेलमा विदेशी कैदी

पत्रपत्रिकाबाट

बुधबार, २० कार्तिक २०७६, ०८ : ०४
नेपाली जेलमा विदेशी कैदी

काठमाडौं । विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ। लागुऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिनालगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ताखाले अपराधमा संलग्न विदेश नागरिक उम्कन भने पाउँदैनन्।

नेपाललाई ट्रान्जिट बनाएर अपराधमा संलग्न तीन सयभन्दा बढी विदेशी नागरिकहरू नेपालमा कारागारमा सजाय भोगिरहेका छन्। प्रहरीका अनुसार लागुऔषध, अप्राकृतिक मैथुन र प्रविधिको प्रयोगबाट आर्थिक हिनामिना गरेको आरोपमा यी विदेशी नागरिकहरू कारागार चलान भएका हुन्। केन्द्रीय कारागार सुन्धारामा दुई सय र नख्खु कारागारमा एक सय आठजना विदेशी कैदी छन्। यी कैदी भारत, चीन, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, दुबई, नाइजेरिया, इटलीलगायत मुलुकका नागरिक हुन्।

नख्खु कारागारका शाखा अधिकृत कमलप्रसाद पाण्डेका अनुसार लागुऔषधसम्बन्धी कारोबारमा बढी विदेशीहरू मुछिएका छन्। लागुऔषध कारोबार गरेबापत १५ वर्षसम्मको जेल सजाय र पाँच लाख जरिबानासहित थुनामा राखिएका विदेशी नख्खु कारागारमा छन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस