लघुकथा : नाम

सोमबार, १८ कार्तिक २०७६, १६ : १५
लघुकथा : नाम

– हीरा लामा
आमा बुबाले राखेको उसको नाम - मन बहादुर l नाम जस्तै निस्क्यो उ । मनकारी l गाउँमा सबैको प्यारो । सबैको मनमा बस्न सफल । हाँस्ने ,हसाउने गज्ज्बको कला उसको, तर उसलाई नामले खान दिएन । गरीबी अभिशाप भयो । एकदिन शहर छिर्यो उ ।
एक दुई बर्ष पछि उसले शहरको सम्विधान थाहा जान्यो । पढ्यो । त्यसपछि उ गन बहादुर बन्यो । अनि , हेर्दाहेर्दै बन्यो उ डन बहादुर l डन बहादुर बने पछि उ धन बहादुर बन्न कत्ती नि बेर लागेन । उ धन बहादुर नि बन्यो ।
आज उ गाउँ फर्केको छ । उ फर्केपछि गाउँ सुनसान भएको छ l

प्रतिक्रिया दिनुहोस