मेलम्ची । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनभयो । उहाँका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ कार्तिक २०७६, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
पोखरामा माइक्रो बस दुर्घटना
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते