कास्की २ मा विद्या भट्टराई उम्मेदवार, नेकपाले लगायो टुंगो

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, २० : १६
कास्की २ मा विद्या भट्टराई उम्मेदवार, नेकपाले लगायो टुंगो

काठमाडौँ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुने भएकी छिन् ।  शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्याको नाम टुंगो लगाएको हो । 

नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो । 

प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो । तर नेकपाले विद्याकै नाममा सहमति जुटाएको हो । 

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको आफूहरुलाई जानकारी गराइएको बताए । 

उनले उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा भने आइतबारको सचिवालय बैठकपछि गरिने तय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस