चितवनका सिडिओ जितेन्द्र वस्नेतले ल्याए कार्यसम्पादन मूल्यांकनमा ए प्लस

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, १३ : ४४
चितवनका सिडिओ जितेन्द्र वस्नेतले ल्याए कार्यसम्पादन मूल्यांकनमा ए प्लस

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र वस्नेतले कार्यसम्पादन मूल्यांकनमा ए प्लस ग्रेड ल्याएका छन् ।
माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर गृह मन्त्रालयले सिडिओहरुको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको हो ।

गृह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सिडिओहरुको रिपोर्टकार्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन् । ए प्लस ग्रेड ल्याउनेमा चितवनसहित, बर्दिया, अर्घाखाँची, रसुवा र रुपन्देहीका सिडिओ रहेका छन् ।

त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रेड प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस