गलेश्वर । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित बनेका अर्मनका उमेश सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी बागलुङलगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भइसकेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ कार्तिक २०७६, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी