स्वामी आत्मानन्दको प्रश्न प्रचण्डलाई : हिन्दुराष्ट्रबारे जनमत संग्रह किन गरिएन ?

सोमबार, २२ माघ २०७४, १७ : ०८
स्वामी आत्मानन्दको प्रश्न प्रचण्डलाई : हिन्दुराष्ट्रबारे जनमत संग्रह किन गरिएन ?

देवघाटधाम । गलेश्वर आश्रमका पीठाधीश एवं देवघाटमा चलिरहेको धनधान्याचल विराट महायज्ञ आयोजक मूल समितिका अध्यक्ष स्वामी आत्मानन्द गिरिजी महाराजले हिन्दुराष्ट्र कि धर्मनिरपेक्ष राष्ट्र भनी किन जनमत संग्रह गरिएन भनी पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गर्नुभएको छ ।
महायज्ञ अन्तर्गत सोमबार देवघाटधाममा आयोजित विशेष समारोहमा आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गर्न मञ्चमा उभिएर बोल्दै स्वामी आत्मानन्दले भन्नुभयो, हिन्दुराष्ट्र राख्ने कि धर्मनिरपेक्ष राष्ट्र राख्ने भनेर किन जनमत संग्रह गरिएन ? मलाई उत्तर चाहियो । पाकिस्तान इस्लामिक गणराज्य हुन सक्छ भने नेपाल हिन्दु गणराज्य किन हुन सक्दैन ? मलाई जवाफ चाहियो ।

धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नेहरु जनप्रतिनिधि नभएर पार्टीप्रतिनिधि भएको स्वामी आत्मानन्दले आरोप लगाउनु भयो । उहाँले विश्वमा ३२ वटा देश इस्लामिक धर्मसापेक्ष, ३५ वटा देश इसाई धर्मसापेक्ष र २० वटा देश बुद्ध धर्मसापेक्ष रहेको बताउनु भयो । धर्मसापेक्ष देशले विकास अवरुद्ध नहुने जिकिर गर्दै उहाँले भन्नुभयो, कोरिया बुद्ध धर्मसापेक्ष देश हुन सक्छ भने नेपाल हिन्दु धर्मसापेक्ष देश किन हुन सक्दैन ? मलाई यो प्रश्नको जवाफ चाहियो ।

प्रतिक्रिया दिनुहोस