उत्तरी कोारियाली नेता किमले पठाए दक्षिण कोरियाका राष्ट्रपति मुनलाई समवेदना सन्देश

रासस

विहीबार, १४ कार्तिक २०७६, १४ : ०४
उत्तरी कोारियाली नेता किमले पठाए दक्षिण कोरियाका राष्ट्रपति मुनलाई समवेदना सन्देश

सोल । उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाउनु भएको छ ।

किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाउनु भएको दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी  दिएको छ ।

समवेदना पत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो । 

राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा हुनुहुन्छ । किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्नु भएको बताइएको छ  । 

लामो समयदेखि बिरामी पर्नु भएका मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो  ।  (रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस