तिहारमा सजिएको भरतपुर (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, १० कार्तिक २०७६, १९ : ५०
तिहारमा सजिएको भरतपुर (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन । आज यमपञ्चक अर्थात तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको छ ।

आज घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । 

लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । अझ विद्युतीय बत्ती बालेर गाऊ, घर, शहर नै झिलिमिली पारिन्छ । 

त्यस्तै चितवनमा पनि साँझ लक्ष्मीपूजा गरी घरघरमा झिलिमिली बत्ती बालेका छन् । हेर्नुहोस्, चितवनको भरतपुरमा देखिएको लक्ष्मीपूजा पछिको झिलिमिली ।

प्रतिक्रिया दिनुहोस