सालकको खपटासहित ठमेलबाट दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १६ : २६
सालकको खपटासहित ठमेलबाट दुई जना पक्राउ

संकास्पद अवस्थामा ठमेलमा फेला पारेको र खानतलासी गर्दा नाम खुल्न नसकेको बन्यजन्तुको छाला र १ किलो ४०० ग्राम सालकको खपटा l

प्रहरीले राजधानीको ठमेल बजारबाट दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम खुल्न नसकेको वन्यजन्तुको छालासहित ठमेलबाट दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याललाई ठमेलस्थित नरसिंह चोकबाट नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई संकास्पद अवस्थामा ठमेलमा फेला पारेको र खानतलासी गर्दा नाम खुल्न नसकेको बन्यजन्तुको छाला र १ किलो ४०० ग्राम सालकको खपटा बरामद गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस