नेपाल ओमानसँग ६ विकेटले पराजित

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, १८ : ४१
नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं । नेपाल टि–ट्वान्टी सिरिजको अन्तिम खेलमा बिहीबार आयोजक ओमानसँग ६ विकेटले पराजित भएको छ । ६५ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।

सुरज कुमारले सर्वाधिक ४२ रन बनाउँदा ओमानका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
नेपालका लागि करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो ।

नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

घातक बलिङ गरेका ओमानका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस