महरा प्रकरण : यसरी खुल्न थाले नयाँ तथ्य, लहरो तान्दा पहरो गर्जिंदै

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, १३ : ०६
महरा प्रकरण :  यसरी खुल्न थाले नयाँ तथ्य, लहरो तान्दा पहरो गर्जिंदै

महिलाले महराका छोरालाई पठाएको सन्देश . तस्विर साभार : हाम्रा कुरा डट कम l

काठमाडौं । महिला बलात्कारको अभियोग लागेका कृष्णबहादुर महरा प्रकरणमा नयाँ–नयाँ ट्वीस्ट देखा पर्न थालेको छ । आरोप लगाउने महिलाले ४८ घण्टामा आफ्नो बयान फेरेकी छिन्र भने घटना टालटुल पार्न र चर्काउन गरिएका अनेकथरी प्रयासले घटनाका नयाँ थप पोलहरु खुल्दै जान थालेको छ ।

घटनाका मुख्य पात्र महरा र महिला दुबैका अभिब्यक्तिमै समेत फरक– फरक तथ्यका रहस्यहरु खुल्न थालेको छ । 

हाम्रा कुरा डटकममा शुरुमा महिलाले आफूमाथि महराले श्रीमान नभएको अवगत गराउँदा गराउँदै रक्सी बोकेर दशैं मनाउन आएको भन्दै बलात्कार गरेको अभियोग लगाएकी थिइन् । आइतबार साँझ ६ बजे फोन गरेर आफू आउन लागेको भन्दै कोठमा आएको भिडियोमा बोलेकी थिइन् ।त्यसपछि महरा काण्ड सबैजसो सञ्चारमाध्यममा हट केक भएर सार्वजनिक भयो ।

सोमबार राती नै उनका प्रेस सल्लाहकार डिल्ली मल्लले महरा त्यस दिन निवासमै रहेको बताएका थिए । उनले आइतबार दिउँसो १२ देखि २ बजेसम्म सिंहदरबारस्थित कार्यालयमा रहेको र त्यसपछि निवास फर्केका महरा निवासबाट कतै बाहिर ननिस्केको मल्लको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’

तर आफ्नै सचिवालयले जारी गरेको विज्ञप्तिमा महरा ८ घण्टा पनि टिक्न सकेनन् । महरा आफैले पहिले नगएको बताए पनि आफू उक्त दिन महिलाको डेरामा गएको तर आरोप लगाएजस्तो घटना नभएको अर्को एक अनलाइनलाई अन्तरवार्ता दिँदै भने ।

नेपाल न्यूज डटकमलाई दिएको दुईओटा अन्र्तवार्तामा महराले आफु गएको स्वीकार गरे । पहिलो अन्र्तवार्तामा उनलाई सोधिएको थियो, –

हिजो जानु भएको हो ?

हो । म पहिले पनि गइराख्थेँ । उहाँ मेरो साथी हो । विद्यार्थी पनि हो । अरू कुनै कारण होइन ।

 
महरासँगको सोही अनलाइनको दोश्रो सम्वादमा पनि यस्तो प्रश्न सोधिएको थियो महरालाई,

हिजो जानुभएको रहेछ, सँगै रक्सी खानु भएछ ।

हो । तर, त्यसरी अरू कुरा केही भएको होइन ।

यसले पनि देखाउँछ घटनामा आपफूबाटै महराले नयाँ ट्वीस्ट गराएका छन् । पहिले जाँदै नगएको बताउने महराले आफू गएको बताएका थिए । यतिमात्र होइन, महराले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि घटनाका बारेमा ढाँटेका थिए ।

यतिमा घटना सिमित छैन । पहिले आफूलाई बलात्कार गरेको खुलेआम बोलेकी महिलाले मंगलबार साँझ अर्को अनलाइन नागरिक खबर डट कमलाई अन्तवार्ता दिइन् ।

त्यो अन्तवार्तामा उनले भनिन्, ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिलेकाहीँ बीपी चेक गराउँदा भेट हुने हो । अहिले त धेरै भयो भेट पनि नभएको । उहाँ मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भनेँ, यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला । मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’

महरा प्रकरणमा एकपछि अर्को गरी घटनाहरु यसरी नयाँ नयाँ ट्वीस्ट हुँदै आइरहेका छन् । ढाकछोप गर्ने र चर्काउने नाममा भएका एकपछि अर्को  ट्वीस्टले झन् घटनालाई उजागर गर्दै लगेको मात्र छैन, लहरो तान्दा पहरो गर्जने भन्ने शैलीमा थप नयाँ रहस्यहरु खुल्दै जान थालेको छ ।

त्यसपछि पहिलो पटक समाचार लेखेको हाम्रा कुरा डट कमले अर्को दोश्रो भिडियो सार्वजनिक गरेको छ । त्यो भिडियोमा भने महिलाले महरासँगको संवाद मात्र देखाएकी छैनन, उनले महराको छोरालाई उनका बाबुमाथि लगाएको आरोप सहितको पठाएको मेसेज पनि देखाएकी छिन् । महिलाले आफ्नो मोबाइलमा भएको संवादहरु पनि देखाएकी छिन् ।

एकपछि अर्को घटना सार्वजनिक हुँदै जाँदा महरा स्वयं दोषी देखिएका छन् । यसपछि अहिले नयाँ ट्वीस्ट आएको छ । अहिले सामाजिक सन्जालमा ति महिलाको नाममा महरा निर्दोष भएको भन्दै एकपछि अर्को स्टाटसहरु पोष्ट भएका छन् । एकपछि अर्को पर्दा खुल्दै जान थालेको महरा काण्ड कहाँ पुगेर कसरी इतिश्री हुन्छ रु त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस