नेपाल शारीरिक सुगठन संघका अध्यक्ष श्रेष्ठले दिने भए रजनीलाई पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १९ : १५
नेपाल शारीरिक सुगठन संघका अध्यक्ष श्रेष्ठले दिने भए रजनीलाई पुरस्कार

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जित्न सफल रजनी श्रेष्ठलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

इन्डोनेसियाको बताममा भइरहेको प्रतियोगितामा सोमबार रजनीले शारीरिक सुगठनको महिला ५५ केजीमा रजत तथा ३० वर्षमाथि उमेरसमूहमा काँस्य जितेकी थिइन् ।

रजनीलाई अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा उक  लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको शारीरिक सुगठनका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस