दशैं तिहारमा मासु र मासुजन्य वस्तुको अभाव नहुने

विहीबार, ०९ असोज २०७६, ०७ : ३८
दशैं तिहारमा मासु र मासुजन्य वस्तुको अभाव नहुने

फाइल फोटो

काठमाडौं– सरकारले दशैं तिहारमा मासु र मासुजन्य वस्तुको अभाव नहुने दाबी गरेको छ । ख

आयातमा क्वारेन्टाइन लागू भएपछि खसीबोका आयात कम भएपनि स्वदेशी उत्पादनले धान्ने सरकारको दाबी छ । 

पछिल्लो समय स्वदेशी खसीबोकाले आन्तरिक माग धान्न सकिने दाबी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहरमा खसीबोकाको औषत माग संख्या प्रतिदिन १ हजार ८ सय ४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ।  

दशैंको ७ दिन र अन्य चाडपर्वको मुख्य दिनसहित १० दिन काठमाडौं उपत्यकासहित मुख्य सहरको औषत माग ५ हजार पुग्ने अनुमान गरिएको छ । यसअनुसार खसीको माग संख्या ५० हजार हुन आउने देखिन्छ । सो माग खसी, बोका र च्यांग्राबाट पूर्ति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस