Safal Khabar - पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु
मङ्गलबार, ०७ असोज २०७६ (Tuesday, 24 September, 2019)
पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु
बिहिबार, २६ भदौ २०७६, ०९ : ३८
पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुमपश्चिम । मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । 

बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । –रासस

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस