विश्वकप छनौट खेल : कुवेतसँग नेपाल ७ – ० ले पराजित

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, ०७ : ४७
विश्वकप छनौट खेल : कुवेतसँग नेपाल ७ – ० ले पराजित

काठमाडौं । विश्वकप फुटवलको एसियाली राष्टको दोश्रो चरणको छनौट खेलमा नेपाल पराजित भएको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फुटवलका लागि दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग ७ – ० को फराकिलो गोल अन्तरमा लज्जास्पद हार व्यहोरेको छ ।

गएराति भएको खेलमा नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको कुवेतले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको हो ।

६ मिनेटमै कुवेतले अग्रता लिएको थियो ।  १३ औं मिनेटमा दोश्रो, र त्यसपछि  ५० औं, ५९ औं, ६७ औं र ९० मिनेटपछि थपिएको चौथो र ७ औं मिनेटमा पनि थप गरी ७ गोल हानेको थियो ।

नेपालले अब अर्को खेल मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ ।
 

प्रतिक्रिया दिनुहोस