लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा : नेकपा

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, १८ : १३
लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा : नेकपा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा भएको जनाएको छ । 
अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको आवरणभित्र गणतन्त्र विरोधी, परिवर्तन विरोधी, पुनर्उत्थानवादी तत्व लगायतकाहरु आफ्नो कुत्सित मनसाय परिपूर्ति गर्न घटनालाई अनावश्यक रुपमा उछाल्ने, अराजकता सिर्जना गर्ने र समग्र परिवर्तनमाथि धावा बोल्दै प्रतिगामी हर्कतमार्फत नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल नेतृत्वलाई कमजोर तुल्याई समग्र परिवर्तनलाई उल्ट्याउन खोज्ने गलत उद्देश्यबाट संचालित कथित विरोध प्रदर्शन धमिलो पानीमा माछा मार्ने प्रतिक्रियावादी र घोर दक्षिणपन्थी गतिविधि सिवाय अरु केही पनि होइन ।’
विज्ञप्तिको पूर्ण पाठ,

प्रतिक्रिया दिनुहोस