प्रधानमन्त्री ओली उपचारका लागि फेरि सिंगापुर जाने

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, १४ : ४९
प्रधानमन्त्री ओली उपचारका लागि फेरि सिंगापुर जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । 
उपचार गराएर स्वदेश फर्केको एक सातापछि नै प्रधानमन्त्री दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । उनी  ९ दिन सिंगापुरमा उपचार गराएर फर्किएका थिए । 

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले बताए । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ पाँच गते हुनेछ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली विदेश जाँदा अर्का अध्यक्ष प्रचण्ड स्वतः कार्यवाहक अध्यक्ष बन्ने गरेका छन् । यो साता पनि ओली सिंगापुर गएका बेला प्रचण्ड नै कार्यवाहक अध्यक्ष बन्नेछन् ।

तर, पछिल्लोपटक नेकपाभित्र जुन उथल(पुथल र फेरबदल आएको छ, प्रधानमन्त्रीले सरकार र पार्टी एक/एक जनाअध्यक्षले हेर्ने गरी जिम्मेवारी बाँडफाँड गर्न लागेको पूर्वमाओवादी समूहका नेताहरु बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस