काठमाडौँ । छुल्ठिम गुरुङले पहिलो फिल्म ‘नोभेम्बर रेन’मा लोभलाग्दो अभिनय गरेकी थिइन्।आर्यन सिग्देल र नम्रता श्रेष्ठको भन्दा उनको बढी चर्चा भएको थियो।तर, त्यसयता उनले सम्झनलायक अभिनय गर्न सकेकी छैनन्।
अरूले निर्माण गरेका फिल्ममा काम गरेर उँभो लागिन्न भन्ने लागेर छुल्ठिमले ‘डायरी’ शीर्षकमा फिल्म निर्माण गरिन्।फिल्म हिट हुन्छ कि भनेर रेखा थापालाई पहिलोे पल्ट भिलेन पनि बनाइन्।तर, उनको ‘डायरी’ कसैले पनि पल्टाउने चासो देखाएनन्।
त्यसपछि पनि उनले थुप्रै फिल्म गरिन्।सबको उही हबिगत भयो।न छुल्ठिमको अभिनयले चर्चा पायो, न फिल्मले नै।यही हप्ता मात्र उनको ‘यता न उता’ रिलिज भयो।‘मिड लाइफ क्राइसिस’ माथि बनेको यो फिल्म बक्सअफिसमा नचले पनि यसको चर्चा होला भन्ने उनको अपेक्षा थियो तर त्यो पनि भएन।प्रिमियरमा मानिसले हेरे, अनि चुपचाप बाहिरिए।यसरी त हेर्दाहेर्दै छुल्ठिमकै करिअर ‘यता न उता’ होला जस्तो छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ साउन २०७६, २० : १४
लेखकबाट थप