स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

पत्रपत्रिकाबाट

शनिबार, २५ साउन २०७६, ०६ : ५२
स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

रामेछाप । काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्। वडाध्यक्ष बोहोराले त्यो आरोप सत्य नभएको बताउदै आएका छन्। स्वयंभु गोलीकाण्डपछि वडाध्यक्ष बोहोराले पालिका अध्यक्षलाई सिध्याउन खोजेको भन्ने घटनाले यतिबेला ठुलो चर्चा पाएको छ।

मलाई पहिले देखि नै चन्दाको धम्की आइरहेको थियो। पछिल्लो समय  २ करोड चन्दाको मागसहित धम्की आएको अध्यक्ष खडकाले बताए। यदि चन्दा नदिए परिवारसहित ४ राउण्ड गोली हानेर मार्ने सम्मको धम्की दिएको अध्यक्ष खडकाले बताए। त्यसपछि अतालिएका खडका अन्तत प्रहरीकोमा आफू माथि आइरहेको धम्की बारे जानकारी गराउन पुगे। प्रहरीले लुटपाट, चोरी र डकैतिमा संलग्नहरुको खोजी गर्ने क्रममा शुक्रबार काठमाण्डौको स्वयंभुमा गोली चलाएर दुइ व्यत्तिलाई घाइते बनाइ नियन्त्रणमा लिएको छ। स्वयंभु घटना लगतै प्रहरीले अनुसन्धान गरि रहे अवस्था भएता पनि खडकाले भने प्रहरीले आफ्नो उजुरीलाई सुनुवाइ गरी कार्वाही गरेर आफूलाई धम्की दिनेलाई समाउन सफल भएको बताउदै आएका छन्।

प्रहरीले रामेछापको तिल्पुङ घर भएका लोप्चन भनिने मिलन तमाङ र अर्का अमृत तमाङलाई स्वयंभुमा गोली हानी नियन्त्रणमा लिएका छन्। दुबै अहिले प्रहरी निगरानीमा उपचारता रहेका छन्। गाउँपालिका अध्यक्ष खडकाले आफूलाई धम्की दिने र ज्यान मार्छु भनेर थर्काउने काम गर्न वडाध्यक्ष सुबास बोहोराले नै लगाएको आरोप लगाए। उनले त्यसको प्रमाण आफुसँग रहेको र प्रहरी अनुसन्धानले समेत देखाउने बताए। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस