कति डुल्छिन् बेनिशा ?

पत्रपत्रिकाबाट

विहीबार, २३ साउन २०७६, २० : ५१
कति डुल्छिन् बेनिशा ?

काठमाडौँ । बेनिशा हमाल फुर्सदमा छिन्।यो अभिव्यक्तिको पुष्टि हुन्छ, उनको घुमफिरले।महिना–महिनामा नयाँ–नयाँ गन्तव्यमा हुन्छिन्। 

बेनिशालाई पहिलो पल्ट मिडियाले नोटिस गरेको थियो, बाली भ्रमणका समयमा।बेनिशा उस समय फिल्म निर्देशक सिमोस सुनुवार र एक महिला साथीसँग गएकी थिइन्।यहीँदेखि सिमोस र बेनिशाको अफेयरको हल्ला पनि बाहिरिएको थियो।त्यसको केही समयपछि उनीहरू नेपालकै रारामा देखिए।यसपछि धेरैले यी दुईको अफेयरमा लालमोहर लगाए।तर, दुवैले अहिलेसम्म न यो हल्लालाई इन्कार गरेका छन्, न सकारेका छन्।

यतिबेला बेनिशा फेरि बैंककमा छिन् र त्यहाँको समुन्द्रमा रमाइरहेका फोटो सार्वजनिक गरिरहेकी छिन्।यतिबेला उनी कोसँग बैंकक गइन् होला भन्ने प्रश्न त छँदै छ, तर सँगसँगै धेरैको मनमा लागेको छ, यसरी डुल्ने पैसा कहाँबाट आउँछ ? न हातभरि फिल्म छन् न म्युजिक भिडियो।न कुनै व्यवसाय नै।बेनिशाले देलिन् त यी प्रश्नको जवाफ ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस