सुस्माको प्रश्न : सुइमिङ पुलमा कुर्ता–सुरुवाल लगाऊँ ?

पत्रपत्रिकाबाट

बुधबार, २२ साउन २०७६, २० : ५१
सुस्माको प्रश्न  : सुइमिङ पुलमा कुर्ता–सुरुवाल लगाऊँ ?

काठमाडौं । गर्मीको पारा खास बढेको छैन।तर, हाम्रा हिरोइन त्यस्तै परे, जाडोमा पनि बिकिनी लगाउन बेर लाउँदैनन्।काठमाडोैँमा जाडो नसकिँदै एक समय प्रियंका कार्कीले स्विमिङ पुलमा बिकिनी लगाएको फोटो सार्वजनिक गरेकी थिइन्, जसमा उनी खूबै ट्रोल भएकी थिइन्।

अझ हुनेवाला सासूसँगको बिकिनी फोटोले हुनसम्मको विवाद निम्त्याएपछि त प्रियंका यो मामलामा यो साल सतर्क देखिएकी छिन्।यो साल साम्राज्ञीको प्रेमी देवांशसँगको अन्तरंग तस्बिरले सारा हिरोइनको बिकिनी फोटोलाई ओझेल पारेको छ।तर, सुषमा कार्कीको आफ्नै सुर छ।उनले गर्मी लागेको संकेत गर्दै केही दिनअघि स्विमिङ पुलमा खिचेका फोटो सार्वजनिक गरिन्।

उनको फोटोमा राम्रा-नराम्रा दुवै थरी कमेन्ट आए।सदा, यस्ता कुरामा चुप लाग्ने सुषमालाई यो पालि चाहिँ के जंग चल्यो कुन्नि, झनक्क रिसाइन्।फोटोमा कमेन्ट गर्नेलाई उनले सोधिन्, ‘के स्विमिङ पुलमा कुर्ता–सुरुवाल लगाऊँ ?’ सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस