इतिहासको कालो दिन

शक्तिशाली त्यो बम जसले ४३ सेकेन्डभित्र नष्ट गरेको थियो हिरोशिमा शहरको ८० प्रतिशत भूभाग

एजेन्सी

मंगलबार, २१ साउन २०७६, ११ : १८
शक्तिशाली त्यो बम जसले ४३ सेकेन्डभित्र नष्ट गरेको थियो हिरोशिमा शहरको ८० प्रतिशत भूभाग

काठमाडौं । सन् १९४५ को अगस्ट ६ तारिखमा बिहान ८ बजेर १६ मिनेटमा जमिनभन्दा ६ सय मिटर माथि बिस्फोट भएको बमले ४३ सेकेन्डभित्र शहरको ८० प्रतिशत केन्द्रीय हिस्सा तहसनहस पारेको थियो ।

१० लाख सेल्सियस तापक्रम भएको आगोको एउटा गोला तीब्र रुपमा फैलियो जसले १० किलोमिटरको दायरामा आएको हरेक चीजलाई खरानी पार्यो । शहरका ७६ हजार घरमध्ये ७० हजार घर तहसनहस भए  । ७० हजार देखि ८० हजार मानिसको तत्काल मृत्यु भयो । यस्तै परमाणु विकिरणका कारण हज्जारौं मानिसहरुले वर्षौंपछि पनि आफ्नो ज्यान गुमाए ।

हिरोशिमामा खसालिएको परमाणु बमका कारण १३ वर्ग किलोमिटरको क्षेत्रमा विध्वंश मच्चिएको थियो । शहरको ७० प्रतिशत बढी भवन नष्ट भएका थिए । त्यतिबेला जापानले हमलामा मृत्यु हुने नागरिकको आधिकारिक संख्या १ लाख १८ हजार ६ सय ६१ बताएको थियो । पछि अनुमानका अनुसार हिरोशिमाको कूल ३ लाख ५० हजार जनसंख्यामध्ये १ लाख ४० हजार मानिसहरु यसमा मारिएका थिए । यसमा सैनिक र ती व्यक्तिहरु पनि समावेश थिए जो पछि परमाणु विकिरणका कारण मारिए । धेरैजसो मानिसहरु दीर्घ रोग र अपांगताका पनि शिकार भए । यो बम इनोला गे भनिने अमेरिकी विमान बी–२९ सुपरफोट्र्रेसबाट खसालिएको थियो ।

आजभन्दा ७४ वर्ष अघि आजकै दिन सन् १९४५ अगस्ट ६ तारिखमा जापानको हिरोशिमा शहरमा अमेरिकी वायुसेनाले परमाणु बम खसालेको थियो । यसको नाम ‘लिटिल ब्वई’ राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस