Safal Khabar - वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएका छन : ओली
मङ्गलबार, २७ साउन २०७७ (Tuesday, 11 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएका छन : ओली
मङ्गलबार, १६ माघ २०७४, ११ : ०६
वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएका छन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताएका छन् ।

सहीद दिवशका अवसरमा एक वक्तव्य जारी गर्दै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गरेका छन् ।

लोकतान्त्रिक आन्दोलनका ज्ञात अज्ञात सहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले आफ्नो वक्तव्यमा भनेका छन्, “वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौं र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँं ।”

Yeti Diistillery
Tansen Cement box

ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनाहरुलाई सम्बोधन गर्न आज एमाले र माओवादी केन्द्र गठबन्धनमा आवद्ध भएको बताएका छन् ।

उखेलिएको राजतन्त्र पुनस्र्थापना गर्ने स्वीकारोक्ति र गलत कार्यले राणा शासनको अन्त्य भए पनि जनचाहना अनुसारको लोकतन्त्र स्थापना गर्न र जनताका हक अधिकारहरु स्थापित गर्न भने विगत सात दशकसम्म नेपाली जनताले  निरन्तर सङ्घर्ष गर्नु परेको ओलीको धारणा छ । सहीदहरुको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको  संविधानसभाले संविधान जारी गरेर नेपालीहरुलाई अधिकार सम्पन्न बनाएको ओलीको आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

नेपालको राजनीतिक, सामाजिक, न्यायीक अधिकार प्राप्तीका लागि सहिदहरुले गरेको बलिदानीको स्मरण गर्दै ओलीले ‘सुखी नेपाली,समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्नु नै सहिदहरुप्रतिको सच्चा श्रद्धान्जली हुने बताए ।

प्रतिक्रिया दिनुहोस