लागुऔषध गाँजासहित चार जना भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १४ साउन २०७६, १७ : ३७
लागुऔषध गाँजासहित चार जना भारतीय नागरिक पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चार जना भारतीय नागरिकलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाको बिशुनपुर ३ का ३१ वर्षीय नुर महमद हुसेन, मोतिहारीकै फुलवरिया ११ का ३२ वर्षीय असलम आलम साईन, सोही ठाउँका २८ वर्षीय ईर्शाद साइन र मोतिहारी सितलपटीका ३० वर्षीय सुनिल साह रहेका छन् ।उनीहरुलाई वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरीबाट ८९ केजी गाँजा र भारतीय नम्बर प्लेटको बोलेरो गाडीसहित उनिहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान बहुअरी स्थित सडकमा चेकजाँचका क्रममा बीआर २८ जी २७७० नम्बरको बोलेरो गाडीको तल फल्स बटम बनाई लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो । गाडीबाट ५० वटा पोकामा रहेको ८९ केजी गाँजा बरामद भएपछी गाडीसहित उनिहरुलाई नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

उनीहरुले मकवानपुरको मनहरीबाट गाँजा खरिद गरी ल्याएको खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस