साउनको दोस्रो सोमबार यस्तो देखियो देवघाटधाममा (फोटोफिचर)

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, ११ : ३२
साउनको दोस्रो सोमबार यस्तो देखियो देवघाटधाममा (फोटोफिचर)

चितवन । साउनलाई भगवान शिवको महिनाको रुपमा लिने गरिन्छ । यस वर्षको साउनमा चार वटा सोमबार परेको छ । आज साउनको दोस्रो सोमबार हो । साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ ।

पवित्र तीर्थस्थल देवघाटधाम लगायत देशभरका शिव मन्दिरमा आज भक्तजनको भीड लागेको छ । साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन थाल्दछन् । हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ । साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगवान शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् ।

आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको महिलाहरु बताउछ्न । साउनमहिना भरी माछा मासु नखाई एक छाक खाना खाने र सोमबार मन्दिर गएर पूजा गरी मनाउने गरेको उनीहरु बताउछन् । हरियो पहेंलो र रातोपोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ । अचेल साउन महिनामा हरियो रातो पहेलो समिश्रण गरी लगाउने चलन स्थापित हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस