आज बाघ दिवस : कुन देशमा कति छन बाघ ?

नेपालमा २३५ ओटा बाघ देखिए

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, ०७ : ३६
आज बाघ दिवस : कुन देशमा कति छन बाघ ?

काठमाडौँ । आज बाघ दिवस । बाघ संरक्षणमा नेपालले सफलता प्राप्त गरेको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्वर बनाउने नेपालसहितका १३ राष्टको प्रतिबद्धता अनुसार, नेपालले भने त्यो संख्या चुम्नका लागि सफलता प्राप्त गरेको छ ।

नेपालमा बाघको संख्या १२१ बाट बढेर २३५ पुगिसकेको छ । नेपालले सन २०२२ सम्ममा २ सय ५० ओटा बाघ पु¥याउने लक्ष्य राखेको थियो । अब यो संख्या पु¥याउन नेपाललाइृ १५ ओटा मात्र बाघको संख्या कमी छ ।

सन् २०१३ मा बाघको गणनामा राष्टिय निकुञ्जमध्ये बर्दियामा  ५०, चितवनमा १२०, शुक्लाफाँटामा १७, बाँकेमा ४,  पर्सामा ७ वाघ थिए । तर सन् २०१८ मा बर्दियामा ८७, चितवनमा ९३, शुक्लाफाटामा १६, बाँकेमा २१, पर्सामा १८ पुगेका थिए । चितवनमा २७ ओटा बाघ घटेका थिए ।

शुक्लाफाटामा एउटा घटेको थियो भने बर्दियामा ३७ , बाँकेमा १७ ओटा बाघ बढेका थिए ।

कुन देशमा कति छन् बाघ ?
विश्व बाघ तथ्यांक अनुसार, भारतमा २ हजार २२६, रुसमा ४३३, इन्डोनेसियामा ३७१, मलेसियामा २५० थाइल्याण्डमा १८९, बंगलादेशमा १०६, भुटानमा १०३, चीनमा ७, भियतनाममा ५, लाओसमा २ ओटा प्राकृतिक वासस्थान रहेको सन २०१६ को तथ्यांकले देखाएको थियो ।

हरेक वर्षको जुलाई २९ मा बाघ दिवस मनाइन्छ । नेपालमा यो दिवस बाँकेमा मनाइन लागेको छ ।

प्रतिक्रिया दिनुहोस