बालुवाटार जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले गरे आत्महत्या

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, १८ : ५८
बालुवाटार जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले गरे आत्महत्या

काठमाडौं । कांग्रेसका नेता  एवं पूर्वनायव सुब्बा युक्तप्रसाद श्रेष्ठले ८ औं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । श्रेष्ठ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट श्रेष्ठ हामफालेका हुन् ।

प्रहरीलाई खबर भएपछि घटनास्थलमा पुग्दा श्रेष्ठलाई हाम फालेको अवस्थामा भेटेको र त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बोगटीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस