नेपाललाई संसारकै सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बनाउन युवाहरुले आँट गरेमात्र पुग्छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ११ साउन २०७६, १७ : ०५
नेपाललाई संसारकै सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बनाउन युवाहरुले आँट गरेमात्र पुग्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले युवाहरुले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताउनुभएको छ । शनिवार लियो क्लबद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ युवाहरुले लक्ष्य ठूलो राखेर हिँड्यौं भने हामीले लक्ष्य हासिल गर्न सक्छौं । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्याउन सक्छ ।’

उहाँले युवाहरुले संकल्प मात्र गरे यी सबै कुरा पुरा हुने बताउनुभयो । ‘दशदेखि बिस वर्ष भित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुस सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको इतिहास र भूमि उर्भरभूमी हो । नेपाल बिचार निर्माण र सृजनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।’

अध्यक्ष प्रचण्डले समाज विविध बिचार, व्यक्तित्व र रचनाहरुको समिश्रणबाट बनेको बताउनुहुँदै युवाहरुलाई आफूभित्र समाज, राष्ट्र र मानव जातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकांक्षा प्रतिवद्धताको रुपमा बिकास गर्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुका अगाडि सिंगै जीवन छ । आफूहरुले विगतमा गरे जस्तो संकल्प गरे देशमा ठूल्ठूला चमत्कार नै हुनसक्छ ।’ उहाँले युवाहरुलाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस