मुख्यमन्त्रीको झोला हराउँदा विमानस्थलमा चर्काचर्की !

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिन भ्रमणबाट फर्किदा होटलमै झोला छोडेपछि विमानस्थलमा लफडा

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, १० : ४२
मुख्यमन्त्रीको झोला हराउँदा विमानस्थलमा चर्काचर्की !

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको महत्वपूर्ण झोला चिनमै छुटेपछि विमानस्थलमा गत साता लफडा नै मच्चिएको खबर प्राप्त भएको छ ।

गत साता मात्रै उत्तरी छिमेकी मुलुक चिन भ्रमण गरेर स्वदेश फर्केका मुख्यमन्त्री पोखरेलको त्यहाँबाट फर्किदा महत्वपूर्ण झोला उतै छुटेको हो ।

झोलामा उनको ल्यापटप, डायरी र महत्वपूर्ण कागजात थियो । शुरुमा झोला हराएको भन्दै तनावमा देखिएका मुख्यमन्त्री पोखरेलको झोला भने अहिले भेटिएको छ । चीन भ्रमण सकेर खुन्मिङबाट काठमाडौं फर्किने क्रममा एयरलाइन्स काउन्टरमा चेक इन हुँदा पोखरेलेको ह्यान्ड क्यारीका रुपमा रहेको झोला नभेटिएपछि मुख्यमन्त्री पोखरेल तनाबमा देखिएका थिए ।

लगेज बटुल्नेक्रममा ल्यापटप राखिएको झोला फेला नपरेपछि उनले आफ्नो झोला खोई भनेर सोधेपछि झोला उतै छुटेको खुलेको थियो । मुख्यमन्त्रीको झोला हराउँदा विमानस्थलमा चर्काचर्की समेत परेको थियो । विमानस्थलमा आफ्नो झोला नभेटेपछि उनले आफनो झोला कसरी हरायो भनी विमानस्थल कर्मचारीहरुलाई प्रतिप्रश्न गरेका थिए । तर कर्मचारीहरु वाक्व न वाक्क भएपछि मुख्यमन्त्री पोखरेलले झपारेका थिए । भिआइपी कक्षको प्रयोग गरेर आएका पोखरेलले आफनो झोलाको सुरक्षा गर्न चासो नदेखाएको भन्दै आक्रोश पोखेपछि कर्मचारीहरु एकले अर्कोलाई देखाउँदै पन्छिन थालेपछि विमानस्थलमा केही बेर चर्काचर्की समेत परेको भ्रमण दलमै रहेका एक सदस्यले सफल खबरलाई बताए ।

केहीले उनको झोला चिनमा बस्दाको होटलमै छुटेको बताएर पन्छिएका थिए भने केहीले विमानस्थल जादा गाडीमै छुटेको बताएका थिए । झोला मात्र हराएको भए पनि खास महत्व हुने थिएन । तर हराएको झोलामा ल्यापटप लगायतका महत्वपूर्ण योजना सहितको डकुमेन्ट, डायरीमा टिपिएका गोप्य योजनाहरु रहेका कारण पनि मुख्यमन्त्री तनावमा थिए ।

तर उनको उक्त ब्याग खुन्मिङ होटलमै छुटेको थाहा भएको छ । मुख्यमन्त्रीको ब्याग हराएपछि चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्टिय विभागमा गुनासो भएको थियो । पछि उनीहरुले होटलमै मुख्यमन्त्रीको झोला फेला पारेर नेपाली दुतावासमा बुझाईदिएका छन् । दुतावासले आफुकहा आएको मुख्यमन्त्रीको झोला अहिले काठमाडौं पठाइदिने तयारी थालेको छ । 


 

प्रतिक्रिया दिनुहोस