लेनिन बिष्टलाई उचाल्ने को ?

पश्चिमा शक्ति राष्ट्रहरुको डलरमा खेती गर्नेहरुको मोहोरा मात्र बनिरहेका छन् विष्ट

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, १० : ०४
लेनिन बिष्टलाई उचाल्ने को ?

काठमाडौँ । नेपालका केही डलरवादीहरुले अहिले पूर्व बाल लडाकुको नाममा लेनिन बिष्टलाई अगाडी सारेर आफ्नो धन्दापानी चलाउन थालेका छन् । विगतमा द्धन्द्धका क्रममा भएका घटना विशेषलाई मुद्धा बनाउँदै मानव अधिकारको दुहाई दिएर पश्चिमा शक्ति राष्टहरुबाट आर्थिक लाभ लिदै आएका एनजिओवादीहरुले नै अहिले बिष्टलाई उपयोग गरिरहेका छन् ।

विष्ट खासमा पूर्व बाल लडाकु नै होइनन् । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि केही समय तत्कालिन अवस्थामा शिविरमा बस्न पुगेका थिए । त्यसको केही समयमै शिविर छोडेर हिडेका उनलाई पूर्व बाल लडाकुको नाममा केही शक्ति केन्द्रहरुले प्रयोग गरिरहेका छन् ।

केही आर्थिक लाभ बिष्टलाई दिएर उनको नाममा मनग्गै आर्थिक लाभ भने डलरको खेती गदै आईरहेका कनकमणी दिक्षित लगायतले लिईरहेका छन् । अहिले पनि बिष्टलाई दिक्षित, चरण प्रसाई, लगायतका डलरका खेती गर्नेहरुले उचालिरहेका छन् । तत्कालिन माओवादी नेतृत्वलाई योजनाबद्ध रुपमा सिध्याउनका लागि बिष्टलाई अहिले प्रयोग गरिरहेका छन् ।

त्यही क्रममा बिष्टलाई गत महिनामात्रै यूरोपका विभिन्न ठाउमा उनीहरुले घुमाउने र नेपालको आफ्नै मौलिकताका साथ टुङगोमा पूग्दै गरेको शान्ति प्रक्रियाका विरुद्ध भड्काउने प्रयास गरिरहेका छन् ।

नेपालमा अहिले शान्ति प्रक्रियाका लागि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनको काम मात्र बाँकी छ । सेना समायोजन, हतियार व्यवस्थापन लगायतका काम सम्पन्न भईसकेको छ । बाँकी कामको पनि टुङ्गो लगाउनका लागि आफ्नै स्वपहलमा मौकिल ढंगले नै काम गर्न नेपालका राजनीतिक दलहरुले प्रयास गरिरहेका छन् ।

त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविनका लागि दुई छुट्टाछुट्ै आयोग फेरि गठनको तयारीमा राजनीतिक दलहरु लागिपरको छन् ।

सत्तापक्ष र प्रतिपक्ष काग्रेसका बिचमा यो विषयलाई टुंङ्गो लगाउनका लागि विभिन्न चरणमा छलफल पनि भईरहेको छ । आफ्नै मौलिकताका साथ टुंगोमा पु¥याउन खोजिएको शान्ति प्रक्रियाका विरुद्धमा कहिले यूरोपियन युनियनका कुटनीतिक नियोगका पदाधिकारीलाई संयुक्त बक्तब्य दिन लगाउने, कहिले बाल लडाकुको विषय उचालेर लेनिन बिष्टलाई प्रयोग गर्ने जस्ता काममा डलरवादीहरु लागि परेका छन् ।

त्यही क्रममा विष्टका गतिविधि देखि सम्पूर्ण ब्यवस्थापनको काम समेत तिनै डलरवादीहरुले गरेका छन् । सोझासिधा तत्कालिन बहिर्गमति लडाकुलाई भ्रम दिन र भडकाउनका लागि बिष्टमार्फत अहिले डलरवादीहरुले पून नेपालमा अस्थिरताको खेती गर्न खोजेका छन् । त्यसैमा बिष्ट प्रयोग मात्र भईरहेका देखिन्छन् ।

उनले बिहिवार पत्रकार सम्मेलन नै गरी तत्कालिन माओवादी शीर्ष नेताहरुलाई अन्तराष्टिय अदालतमा उभ्याउने भनी दिएको धम्की त्यसैको पूर्वअभ्यास हो । अहिले तत्कालिन माओवादी नेताहरुका विरुद्धमा सुनियोजित रुपमा मुद्धा चलाउने, सत्य निरुपण तथा मेलमिलापका आधारमा टुङग्याउनु पर्ने मुद्धाका विषयमा पनि मुद्धा मिलाउने भन्दा भड्काउने तिर केही शक्तिकेन्द्रहरु लागिपरेका छन् । त्यसैमा बिष्ट मोहोरा मात्र बनिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस