बुद्धको मुर्ति तोडफोडको विरोधमा शान्तिर्‍याली

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, ०७ : ५८
बुद्धको मुर्ति तोडफोडको विरोधमा शान्तिर्‍याली

चितवन । लुम्बिनीमा भएको भगवान गौतम बुद्धको मुर्ति तोडफोडको विरोधमा चितवनमा शान्तिर्‍याली निकालीएको छ । बौद्ध धर्मावलम्बी साथै विभिन्न संघ संस्थाले संयुक्त रुपमा बिहिवार दबाबमुलक शान्ति र्‍याली निकालेको हो । नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चर्क संघ, बौद्ध गुम्बा विहार संघ, नेपाल तामाङ घेदुङ चितवन र बौद्ध धर्म सेवा समिति चितवनले र्‍याली निकालेको हो । 

उनिहरुले बुद्धको मुर्ति तोडफोड गर्नेलाई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बुद्धको मुर्ति तोडफोड गर्न पाईदैन, शान्तिप्रेमि नेपाली एक हौँ, धर्म संस्कृति संरक्षणमा जुटौँ, बुद्ध हाम्रो प्राण हो, नेपाल हाम्रो सान हो लगायतका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।  तिनखोले गुम्बाबाट सुरुभएको शान्ति र्‍याली पुलचोक, सहिदचोक, लायन्सचोक, चौविसकोठी हुँदै जिल्ला प्रशासन कार्यलयमा पुगेको थियो । र्‍याली पछि उनिहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा बुद्धको मुर्ति तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । साथै यस्ता दुखद घटना आगामि दिनमा नदोहोरीने वातावरण निर्माणमा लाग्न संघिय, प्रदेश र स्थानिय सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । 

आज बुद्धको मुर्ति तोडफोड गर्नेले भविष्यमा अन्य धर्मको आस्थामाथि पनि आक्रमण गर्नेभएकाले यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न सरकार, प्रशासनसँग माग गरेका छन । ‘बुद्धको जन्म भुमिमा बुद्धकै अपमान हुनु भनेको विश्वमाझ आमा शान्तिप्रेमि नेपालीहरुकै अपमान हुनु हो । यस्ता दुखद घटनालाई निमित्याउन्न पर्छ ।’ यहि साउन १ गत्ते राति रुपन्देहिको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर चोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडक डिभाईडरमा स्थापित बुद्धका मुर्ति तोडफोड भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस