मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीले भने, ‘सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ’

सफल खबर संवाददाता

विहीबार, ०९ साउन २०७६, १७ : ४६
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीले भने, ‘सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ’

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलको भेट नभएको स्पष्ट पारेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहीबार आयोजित नियमीत पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटको हामीलाई थाहा छैन । रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन’ बाँस्कोटाले भने । 

केही बानी परेकाहरुले भेटेको भए त्यो आफूहरुलाई थाहा हुने कुरा नहुने भन्दै उनले भने, ‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान् ।’ 
सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले खानेपानी, वन र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरी राजपत्रांकित श्रेणीको ८ सय ८९ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बाँस्कोटाको भनाइ छ ।
त्यस्तै मन्त्री बाँस्कोटाले शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको जानकारी दए । 

हेर्नुहोस्, मन्त्रीपरिषद् बैठकले गरेका थप निर्णयहरु :

प्रतिक्रिया दिनुहोस