काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो ।
प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका दयाकृष्ण भट्टलाई जिल्ला प्रहरी कार्यालय चितवन र १ नम्बर प्रदेश ट्राफिक कार्यालय इटहरीका ढुण्डीराज गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०७६, १० : ३२
लेखकबाट थप