पदबिना नबाँच्ने अर्थमन्त्री ! मन्त्रीबाट हटेपछि अमेरिकाको राजदूत बन्ने ताकमा

पत्रपत्रिकाबाट

शनिबार, ०४ साउन २०७६, २० : ३४
पदबिना नबाँच्ने अर्थमन्त्री ! मन्त्रीबाट हटेपछि अमेरिकाको राजदूत बन्ने ताकमा

काठमाडौं । अर्थमन्त्री रहेका युवराज खतिवडाले मन्त्री पद सकिएपछि अर्को महत्वपूर्ण पदीय जिम्मेवारी पाउन प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ । आगामी माघसम्म मात्र दुई वर्ष राष्ट्रिय सभा सदस्य पदमा कायम रहने र उक्त पदावधि सकिएलगत्तै अर्थमन्त्रीको पद पनि जाने भएकोले खतिवडामा अब कुन पद लिने भन्ने छटपटी बढेको उनका निकटवर्तीहरुबाट थाहा भएको छ । 

नेकपा एमालेका तर्फबाट नेपाल राष्ट्र बैंकबाट गभर्नर बनाइएका खतिवडा राजाको शासनकालमा राष्ट्रिय योजना आयोगका सदस्य, त्यसपछि उपाध्यक्ष र अहिले अर्थमन्त्री बनाइएका उनी माघपछि कुन पद लिने भन्ने कुरालाई लिएर अहिलेदेखि नै चिन्तित बनेका छन् । 

खतिवडाको पारिवारिक सूत्रबाट प्राप्त जानकारीअनुसार उनी आगामी फागुन महिनामा अमेरिकाका लागि नेपाली राजदूत भएर जान चाहन्छन् । त्यसका निमित्त केपी शर्मा ओलीसँग वार्तालाप पनि भइसकेको छ । 
घटना र विचार साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस