उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीद्वारा आत्महत्या

पत्रपत्रिकाबाट

शनिबार, ०४ साउन २०७६, ०६ : २७
उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका हुन्।

पाण्डेले बिहिबार दिउँसो त्रिपुरेश्वरको राधा भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेको महानगरी प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए।

उनले आफन्त र नजिकका मान्छेलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो। अख्तियारले दुई साताअघि पाण्डेसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो समाचार नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस