नक्कली सुन देखाएर ठगी गर्ने गिरोह सक्रिय

सफल खबर संवाददाता

शुक्रबार, ०३ साउन २०७६, १७ : ४२
नक्कली सुन देखाएर ठगी गर्ने गिरोह सक्रिय

चितवन । नक्कली सुनको बिस्कुट देखाएर ठगी गर्ने गिरोह चितवनमा सक्रिय रहेको पाइएको छ । 
अपरिचित व्यक्तिहरुले नक्कली सुनको ढिक्का देखाएर एक महिलामाथि ठगी गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका ८ पर्सा बजारकी एक महिलालाई अपरिचित २ व्यक्तिले नक्कली सुनको ढिक्का (बिस्कुट) देखाएर शुक्रबार दिउँसो ५ तोला बराबरको सुन ठगी गरेर फरार भएको हो । 
ती महिलालाई प्रलोभनमा पारी सुनको बाला २ थान, लकेटसहितको सिक्री गरी ५ तोला बराबरको ठगी भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । ठगी गर्नेहरुको खोजी कार्य जारी रहेको जनाइएको छ । 
नक्कली सुन देखाई लुटपाट तथा ठगी गर्ने गिरोह चितवनमा प्रवश गरेकाले सतर्क रहन सवैलाई प्रहरीले आग्रह गरेको छ । कहिँ कतै त्यस्तो शंकास्पद गतिविधि देखिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस