राहदानी विधेयक अलमलियो

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ साउन २०७६, ०६ : ५९
राहदानी विधेयक अलमलियो

काठमाडौँ । राष्ट्रपतिबाट प्रमाणीकरण नगरी फिर्ता भएर प्रतिनिधिसभामा आएको राहधानी विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा अलमल देखिएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले त्यस विषयमा कुनै निर्णय लिन सकेको छैन । राष्ट्रपतिबाट फिर्ता भएर फेरि सदनमा आएको यो पहिलो विधेयक हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी जारी गर्ने त्यसको प्रयोग लगायत विषयमा विधेयकमा अस्पष्टता देखिएको कारण जनाउँदै जेठ ८ मा प्रमाणीकरण नगरी फिर्ता गरिदिएकी थिईन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस